आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । सुन प्रतितोला १३ हजार ३ सय र चाँदी प्रतिताेला २६५ रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९ सय र चाँदीको मूल्य ३ हजार ९२० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६ सय र चाँदीको मूल्य ३ हजार ६ सय ५५ रुपैयाँमा काराेबार भएकाे थियो ।