आज बिहान पृथ्वी राजमार्गकाे चितवनस्थित इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
बिहान करिब ५ बजे तिर खसेकाे सुक्ख पहिराेका कारण सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले जनाएका छन् । उनका अनुसार सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
अहिले प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनकाे भनाइ रहेकाे छ । पहिरो हटाएर सडक खुलाउन केहि समय लाग्ने अनुमान गरिएको छ भने सडक अवरुद्ध हुँदा यात्रुहरु बाटाेमै राेकिएका छन् ।