Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?

- शुभ बिहानी / आइतबार, कार्तिक २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यसवर्ष नेपालीहरुकाे दाेश्राे ठूलाे चाड तिहारलाई लक्षित गरि काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । उक्त स्थानबाट फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ ।

जसअनुसार महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।

त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइने बताइएकाे छ । त्यस्तै कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि स्वदेशी फूलमाला बिक्रीस्थल तोकिएको छ ।

यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि स्वेदशी फूलामाल बेच्न सकिने व्यवस्था गरिएकाे छ । त्यस्तै टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।

नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको हाे । तर, प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाइएकाे छ ।

यता महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गर्ने चेतावनी समेत दिएको छ ।

Page Views: 34
संबन्धित शिर्षकहरु
सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
ताजा अपडेट
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध
  • बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
  • काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?
  • एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama