आज गाईतिहार गाईकाे पूजा गरी मनाइँदै छ । गाईलाई हिन्दू धर्ममा लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा अनुसार गाईकाे पूजा गरी गाईतिहार पर्व मनाउन लागिएकाे हाे ।
धार्मिक परम्परा अनुसार गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने प्रचलन रहेकाे छ भने गाईतिहारका दिन गाईलाई माला, टीका लगाएर पूजा गर्ने तथा मिठा परिकार खुवाउने चलन रहेकाे छ । यस दिन गाईको पूजा गर्दा सुख, समृद्धि र धनधान्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ ।
साेहि अवसरमा गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा पनि आज गाई पूजा गरिएको छ । सडकमा अलपत्र परेका गाईबाच्छाको संरक्षण गर्दै आएको उक्त स्थलमा विधिपूर्वक गाईको पूजा गरी गाईतिहार मनाइएको हो ।