Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज एनपीएलको दुई खेल हुँदै

- शुभ बिहानी / सोमबार, कार्तिक २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत दुई खेल हुँदैछ । पहिलाे खेल कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलाे खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन् । हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र दुई हार व्यहोरेको छ ।

यता पोखरा भने आजकाे खेलमा पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ । चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ भने यी दुईबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न साढे १२ बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज खेल्दै छन् । हाल चार अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ ।

त्यसैगरि पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । उक्त दाेश्राे खेल साँझ ५ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।

Page Views: 10
संबन्धित शिर्षकहरु
सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
ताजा अपडेट
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध
  • बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
  • काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?
  • एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama