Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा

- शुभ बिहानी / सोमबार, कार्तिक २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, साउन १। द हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल २०२६ प्रतियोगितामा गोरखाकी महिमा पन्त उपाधिका लागि प्रतिस्पर्धा गरिरहेकी छन्। पालुङटार नगरपालिका–१, बेलबास, गोरखा स्थायी घर भएकी २० वर्षीया महिमा यस वर्षको प्रतियोगिताका २४ फाइनलिस्टमध्ये एक हुन्।

सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको मिस नेपाल प्रतियोगितामा महिमाले सुरुदेखि नै आत्मविश्वासी र परिपक्व प्रस्तुति दिँदै आफूलाई सम्भावनायुक्त प्रतिस्पर्धीका रूपमा स्थापित गरेकी छन्। प्रतियोगिताअन्तर्गत सञ्चालन भएका ग्रुमिङ सेसन, व्यक्तित्व विकास तालिम, सार्वजनिक प्रस्तुति तथा सामाजिक गतिविधिहरूमा उनको सक्रिय सहभागिताले निर्णायक मण्डल र दर्शकको ध्यान आकर्षित गरेको छ।

महिमा पन्तले मिस नेपाललाई केवल सौन्दर्य प्रतियोगिता नभई महिलाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र परिवर्तनको अभियान का रूपमा लिएको बताउँछिन्। विशेषगरी महिला सशक्तीकरण, किशोरी तथा युवतीहरूको शिक्षा, आत्मनिर्भरता, नेतृत्व विकास र समान अवसरको सुनिश्चितता उनका प्राथमिक सामाजिक एजेन्डा हुन्। ग्रामीण क्षेत्रका महिलालाई शिक्षा, सीप र आत्मविश्वासमार्फत सक्षम बनाउने अभियानमा काम गर्ने उनको दीर्घकालीन लक्ष्य रहेको छ।

गोरखाको ग्रामीण परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा तय गरेकी महिमाले आफ्नो मेहनत, अनुशासन र सकारात्मक सोचलाई सफलताको आधार मानेकी छन्। उनका अनुसार मिस नेपालको मञ्चले महिलाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अवसर प्रदान गर्ने भएकाले त्यस अवसरलाई समाज परिवर्तनका लागि उपयोग गर्ने उनको चाहना छ।

पछिल्ला केही सातादेखि सार्वजनिक भएका विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमा महिमाप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ। उनको सरल व्यक्तित्व, प्रभावकारी अभिव्यक्ति, आत्मविश्वास र सामाजिक विषयप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई यस वर्षका चर्चित प्रतिस्पर्धीमध्ये एक बनाएको छ।

द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२६ को ग्रान्ड फिनाले अगस्ट १, २०२६ मा काठमाडौंको पुल्चोकस्थित द प्लाजामा आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी २४ फाइनलिस्टमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोसमो र मिस नेपाल इन्टरनेशनल लगायतका उपाधिका विजेता छनोट गरिनेछ।

गोरखाको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा उभिएकी महिमा पन्त अहिले आफ्ना समर्थक, शुभेच्छुक तथा जिल्लावासीको विशेष आशा र भरोसाकी पात्र बनेकी छन्। अन्तिम प्रतिस्पर्धामा उनको प्रदर्शन कस्तो रहनेछ भन्ने विषयलाई लिएर सौन्दर्य प्रतियोगिताका अनुयायीहरू उत्सुकतापूर्वक प्रतीक्षारत छन्।

Page Views: 11
संबन्धित शिर्षकहरु
सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
आज एनपीएलको दुई खेल हुँदै
ताजा अपडेट
  • सेलरोटी बनाउने प्रतियोगितामा सन्तोषी खरेल प्रथम
  • गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा
  • गाईतिहार पर्व गाईकाे पूजा गरी मनाइँदै
  • आज एनपीएलको दुई खेल हुँदै
  • पृथ्वी राजमार्गमा सुक्खा पहिराे दुईतर्फी सडक अवरुद्ध
  • बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
  • काठमाडौंमा फूल–माला बिक्री कहाँ-कहाँ ?
  • एसिया कप क्रिकेटमा नेपाल युएईसँग भिड्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama