नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।
यसअघि ५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा रहेकाे छ भने उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको थियाे । यता सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा रहेकाे छ भने ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
त्यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । चितवन अंक तालिकाको पाँचौं स्थानमा रहेकाे छ भने उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।
यता जनकपुर अंक तालिकाको छैटौं स्थानमा रहेकाे छ । उसले ६ खेलमा ४ खेल हार्दा २ खेल मात्र जितेको छ ।