सरस्वती माध्यमिक विद्यालय सालिमे-४, छेडा काभ्रेपलान्चोकको एसएलसी ब्याच २०५५ का विद्यार्थीद्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक र पूर्व विद्यार्थीहरु भेला भएका थिए ।
काभ्रेकाभ्रेपलान्चोक कोशिपारी अन्तर्गत चौरीदेउराली गाउँपालिका-४, सालिमे छेडामा अध्यन गरि २०५५ सालको एसएलसीमा सहभागी भएका विद्यार्थीलाई जमघट गराई विद्यालय र त्यहाँका विद्यार्थीका लागि आगमी दिनमा के कसरी सहयाेग गर्न सकिन्छ भन्ने उदेश्य सहित आयोजित कार्यक्रममा विद्यालयका अहिलेका प्रधानध्यापक र विद्यालय व्यस्थापन समितिका अध्यक्षको उपस्थिति रहेको थियो ।

विद्यालयका पूर्व शिक्षक केशबप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा पूर्व प्रधानध्यापकहरु रामनन्द चौधरी, गणेश प्रसाद ढुंगाना र मोहन प्रसाद गौतमको सहभागिता रहेको थियो । त्यसैगरि शिक्षकहरुमा लिलानाथ गौतम, रुद्रप्रसाद गौतम, रेनुकान्त भट्टराई र हालका प्रधानध्यापक रामचन्द्र चौलागाईं तथा समाजसेवी राजु अधिकारी र बेदप्रसाद गौतमको सहभागि थिए ।
उक्त कार्यक्रममा उपस्थित शिक्षकहरुलाई विद्यार्थीले दोशल्ला ओडाएर सम्मान गरेका थिए । झन्डै २८ वर्ष पछि एकै ठाउँमा भेला भएका शिक्षक र विद्यार्थीबीचको भेलामा शिक्षकहरु निकै भावुक देखिन्थे भने विद्यालयका कक्षाकोठामा सँगै बसेर पढेका, एउटै मैदानमा खेलेका र सुखदुःख साटेका साथीहरु वर्षौंपछिकाे भेटघाटमा रमाए ।

विद्यालय जीवनका अविस्मरणीय क्षणलाई पुनः स्मरण गरि लामो समयदेखि सम्पर्कविहीन रहेका सहपाठीलाई एकै ठाउँमा भेला गराउने र पुरानो मित्रतालाई नयाँ ऊर्जा दिने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यालयसँग समन्वय गरि अगाडी बढ्न प्रतिबद्धता सहित पूर्व विद्यार्थी शंखबिर लामाकाे संयाेजकत्वमा ११ सदसिय तदर्थ समिति गठन गरिएकाे छ । जसमा नेपालमा रहेकाे र विदेशमा रहेका २०५५ सालका एसएलसी ब्याचका विद्यार्थी सदस्य रहेका छन् ।
उक्त भेटघाट कार्यक्रममा हालका प्रधानध्यापक रामचन्द्र चौलागाईंले पहिलेकाे पुस्ताले निर्माण गरेकाे विद्यालय जाेगाउन अहिलेकाे पुस्ताकाे आवस्यक रहेकाे बताए । विद्यालयमा लामाे समयसम्म पढाएका शिक्षकहरुले उक्त विद्यालयबाट टाढा पुगेपनि विद्यालयकाे उत्तराेत्तर प्रगतिकाे कामना गरेका थिए ।