Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, मङि्सर ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

घाइते कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन

- शुभ बिहानी / आइतबार, कार्तिक ३०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सडक निर्माणका क्रममा ढुङ्गासहितको सुक्खा पहिरोमा परि घाइते भएका डोल्पाको काइके गाउँपालिका–७, का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ ।

काइके गाउँपालिका–७, लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए । पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको बूढाकाे नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा हिजाे शनिबार निधन भएको हो । बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७, को वडा सदस्यमा निर्वाचित भएका थिए ।

उक्त वडाका वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण केही समयदेखि उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Page Views: 21
संबन्धित शिर्षकहरु
पूर्व बिद्यार्थीको भेटघाट तथा चियापान सम्पन्न
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
पेट्रोल छर्केर आगो लगाइएका पुरुषको उपचारका क्रममा मृत्यु
ताजा अपडेट
  • दोस्रो सेलरोटी बनाउने प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न, सन्तोषी खरेल प्रथम
  • पूर्व बिद्यार्थीको भेटघाट तथा चियापान सम्पन्न
  • सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
  • घाइते कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन
  • पेट्रोल छर्केर आगो लगाइएका पुरुषको उपचारका क्रममा मृत्यु
  • आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
  • चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा
  • एनपीएलमा आज पनि दुई खेल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama