नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएकाे छ । आज साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । सुनसँगै आज चाँदीको भाउ पनि प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसअघि शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे । महासंघका अनुसार आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको बताइएकाे छ ।