केही दिनदेखि लगातार घटेको सुनचाँदीको मूल्य आज भने उकालाे लागेकाे छ । सुनको मूल्य तोलामा ४ हजार ८ सयले बढ्दा चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा काराेबार भएको छ । यसअघि हिजाे आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६ सयमा काराेबार भएकाे थियाे ।
त्यसैगरि आज चाँदीको मूल्य प्रतितोला ३ हजार ११० निर्धारण गरिएको छ । यसअघि हिजाे चाँदी प्रतितोला ३ हजार ६५ मा कारोबार भएको थियो ।