हिजाे अयोध्याबाट करिब १ हजार यात्रु बोकेर हिडेकाे सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ ।
उनीहरूको जनकपुर रेल्वे स्टेसनमा स्वागत गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका थिए ।
नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए । यता भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहा हिजै स्वदेश फर्किसकेका छन् ।