Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन

- शुभ बिहानी / बिहिबार, मङि्सर ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चिनियाँ हाइब्रिड धानको चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ ।

चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग तथा नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा उत्पादन हासिल भएको जानकारी दिए । कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै नेपालमा धानको अनुसन्धान तथा परीक्षणमा सहयोग गरेको बताउनुभयो। आठ सय दिनभन्दा बढी समयको अनुसन्धानपछि उक्त उपलब्धि हासिल भएको हो।

छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले दुवै देशका वैज्ञानिकबीचको सहकार्यबाट सफलता मिलेको बताए। सन् २०२३ को जुलाइमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको हो।

परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीन वटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ। परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको र सहभागी किसानले कतारलगायत मध्यपूर्वका देशमा सागसब्जी निर्यात हुन थालेको छ।

Page Views: 14
संबन्धित शिर्षकहरु
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
ताजा अपडेट
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama