Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयरबजारमा १४५ अंकको ‘करेक्सन’, कारोबारमा २३ अर्बको नयाँ रेकर्ड

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेयरबजारमा व्यापक ‘करेक्सन’ देखिएको छ।

मंगलबार सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दूमा थामिएको छ।

कारोबारमा भने नयाँ कीर्तिमान कायम भएको छ। आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको हो।

यो हालसम्मकै उच्च कारोबार हो। ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर बिक्रीमा उक्त रेकर्ड बनेको हो।

यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई यही साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिन्दै रेकर्ड बनाएकोमा आज त्योभन्दा पनि बढीको कारोबार भएको हो।

आज ८ वटा कम्पनीको सेयर मात्रै बढेको थियो। बाँकीमध्ये २३३ कम्पनीको सेयर मूल्य घट्दा एउटाको मात्रै अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

८ मध्ये थ्रीस्टार हाइड्रोपावरको १० प्रतिशत, कुथेली बुखारी स्मल हाइड्रोको ९.९७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ को ३.९४ प्रतिशत, मेगा म्युचुअल फन्ड १ को ३.८१ प्रतिशत, रुरु जलविद्युत्को ३.१६ प्रतिशतले सेयर बढेको छ।

७ कम्पनीको सेयर १० प्रतिशतले घट्यो

यसैबीच आजको सेयर कारोबारमा व्यापक करेक्सन आउनेक्रममा सातवटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।

नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शुभम् पावर, हाथवे इन्भेस्टमेन्टको सेयर १० प्रतिशतले घटेको हो।

यी कम्पनीका लगानीकर्ताले क्रमशः आज १९३.८०, ८८, ६४.५०, ३१.८०, १०९.९०, ८९.६०, १७८.१० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

बाँकी १४ कम्पनीको सेयर ९ प्रतिशतले, ११ कम्पनीको ८ प्रतिशतले र दुई दर्जन बढी कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको छ।

हिमालयन रिको कारोबारले अर्ब नाघ्यो

यसैबीच आज हिमालयन रिको सेयर धेरै किनबेच भएको छ। कम्पनीको आज एकै दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएको हो।

यसबाहेक नेपाल पुनर्बीमाको ४८ करोड ३६ लाख, सीईडीबी ४३ करोड, सानिमा माई ४२ करोड र शिवम् सिमेन्टको ४१ करोड रुपैयाँको कारोबार भएको हो।

Page Views: 63
संबन्धित शिर्षकहरु
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
ताजा अपडेट
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama