Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा आजदेखि एजेण्डा केन्द्रित छलफल हुने

- shuvadmin / बिहिबार, साउन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विभिन्न ११ वटा एजेण्डामा छलफल हुने भएको छ ।

हिजो सुरु बैठकले छलफलका लागि संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका विभिन्न एजेण्डा तय गरेको हो ।

समितिको पहिलो बैठकले महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, सय दिने सांगठनिक अभियान, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धीका एजेन्डाहरू अघि सारेको छ ।

यिनै एजेन्डामा आजदेखि छलफल हुने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

यसैगरी भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेन्डा बनाइएको छ ।

बैठकले बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्ने महतले बताए ।

Page Views: 36
संबन्धित शिर्षकहरु
बागलुङमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा
एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै
मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे प्रदर्शन
ताजा अपडेट
  • बागलुङमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा
  • एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै
  • मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे प्रदर्शन
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama