Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा

- शुभ बिहानी / बिहिबार, असार ३२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गाेलले पराजित गरेको छ । याे सँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

अमेरिकाको एटलान्टास्थित स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई फाइनल नजिक पुर्‍याएका थिए ।

खेलकाे अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो । खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा कप्तान लियोनल मेसीको उत्कृष्ट असिस्टलाई सदुपयोग गर्दै लाउतारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकालेकाे हाे ।

याे जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाउँदै उपाधि दाबेदार गर्ने अवसर सिर्जना गरेको छ । अब उपाधिका लागि आइतबार अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने आज पराजित इङ्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama