Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित मन्त्रीनिवास सर्न सुरु

- shuvadmin / मङ्गलबार, साउन २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ललितपुर, सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गरेका छन् ।

अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरेको शहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रियसभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेका छन् ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनु वज्राचार्य कुँवरले अहिलेसम्म उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैँसेपाटी निवासमा सरेको जानकारी दिइन् ।

त्यसै गरी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैँसेपाटीस्थित नवनिर्मित निवासमा सरिसकेको प्रवक्ता कुँवरले जानकारी दिए ।

उनले भने , “साउनभित्र सबै मन्त्रीलाई हरिहर भवनस्थित मन्त्रीनिवासबाट भैँसेपाटीस्थित मन्त्रीनिवासमा स्थानान्तरण गर्ने मन्त्रालयको योजना छ ।

मन्त्रीज्यूहरू बसाइँ सरेपछि त्यसलाई मर्मतसम्भार तथा रङरोगन गरी न्यायाधीशहरूको निवासका रूपमा विकास गरिने छ ।

ती भवनमा न्यायाधीशहरू बसोबास गर्नुहुने छ ।” गएको फागुनमा मन्त्रीपरिषद्ले मन्त्रीनिवास भैँसेपाटी सारेर हरिहर भवनमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका २० जना न्यायाधीश र एक जना मुख्य रजिस्ट्रारलाई २१ वटा आवास चाहिन्छ ।

सङ्घीय मन्त्रीनिवास निर्माण आयोजनाका इन्जिनियर रञ्जन दासका अनुसार मन्त्रीनिवासको अहिलेसम्मको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ ।

इन्जिनियर दासले मन्त्रीनिवास अन्तर्गत कुल ३० वटा भवन निर्माण भएका छन्, जसमध्ये २४ वटा मन्त्रीका लागि, दुई वटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका लागि र एउटा सङ्घीय प्रतिनिधि सभाका उपसभामुखको निवासका लागि निर्माण भइरहेका छन् ।

त्यसै गरी सुरक्षाकर्मीका लागि तीन वटा भवन निर्माण भइरहेका छन् । यो ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।

भवनहरूको निर्माण काठमाडौँ उपत्यकाको परम्परागत सभ्यता र शैलीमा भइरहेको छ ।

सो स्थानमा सुरक्षा गार्ड भवन, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङ पुल र पार्किङसहितको आवास क्षेत्र निर्माण भइरहेको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको निर्माण सम्पन्न भई यसअघि नै सञ्चालनमा आइसकेको छ । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ ।

Page Views: 25
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama