Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसका फरार सांसद सदनमा उपस्थित भएर मुुख्यमन्त्री आचार्यलाई दिए विश्वासको मत

- shuvadmin / मङ्गलबार, भदौ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दाङ, कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी लुम्बिनी प्रदेशसभामा उपस्थित भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन उनी प्रदेशसभा बैठकमा आइपुगेका हुन् ।

गत साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिन केहीबेरअघि उनी बैठकस्थलमा आइपुगे ।

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरीवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका छैनन् ।

कानुनतः केसी सांसदको उम्मेदवार समेत बन्न योग्य नभएको भन्दै आलोचनाबीच उनी रूकुमपूर्वको प्रदेश (ख) सांसद निर्वाचित भए ।

केसीलाई तत्काल पक्राउ गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारूले माग गरे ।

झअदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा होइन जेलमा हुनुपर्छञ, थारूले नेपाल प्रेससँग भने,झजेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानूनी राज्यको उपहास हो ।’

लुम्बिनी प्रदेश प्रहरी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले यस विषयमा आफूले बुझ्नुपर्ने बताए ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले पनि यसबारेमा बुझ्नुपर्ने बताए ।

प्रहरीका एक उच्च अधिकारीले गृहमन्त्री रमेश लेखकले सांसद केसीलाई पक्राउ नगर्न दबाब दिएको दाबी गरे ।

पक्राउ नगर्न गृहमन्त्रीको दबाब छ, उनले भने, फरार मान्छे संसदमा देख्दा पनि हामी रमिते बन्न बाध्य छौँ ।

Page Views: 52
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama