Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सौर्य एयरलाइन्स दुर्घटना प्रकरढामा आयोगलाई आर्थिक प्रलोभनमा पारिएको पीडितको दाबी, न्याय नपाए अदालत गुहार्ने

- shuvadmin / बिहिबार, असोज १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत साउन ९ गतेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा तीन पारिवारिक सदस्य गुमाएका प्रकाश खतिवडाले दुर्घटना छानबिन आयोगको प्रतिवेदन पीडितको पक्षमा नरहेको बताएका छन् ।

बुधबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एयरलाइन्सको व्यवस्थापन पक्षले आयोगलाई आर्थिक प्रलोभनमा पारेर आफूअनुकूल प्रतिवेदन बनाएको आरोप लगाएका छन् ।

“व्यवस्थापन पक्ष दुर्घटना अनुसन्धान आयोगलाई आर्थिक प्रलोभनमा पारेर आफूअनुकूलको प्रतिवेदन तयार पार्ने भूमिकामा लागेको तथ्यहरूले पुष्टि गरेको छ,” खतिवडाले भनेका छन्, “आयोग निर्माण गर्दा एयर ट्राफिक कन्ट्रोलरको रूपमा १५ वर्ष अनुभव प्राप्त गरेको र दुर्घटनासम्बन्धी तालिम प्राप्त र सेवा प्रदायकसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति मात्रै आयोगमा रहन सक्ने गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ मा उल्लेख छ ।

तर, योग्यता नै नपुगेका पाइलटका नाता पर्ने मुकेश डङ्गोललाई आयोगको सदस्य सचिवमा र १५ वर्षे तालिम र अनुभव नभएका सुदीप भट्टराईलाई आयोग सदस्य बनाइएको छ ।”

पत्रकार सम्मेलनमा बाँडिएको १२ बुँदे प्रेसनोटमा ‘चौतिस दिनदेखि ग्राउण्डेड २१ वर्ष पुरानो जहाज मर्मत नै नगरी कसरी उडान भर्न योग्य भयो रु’ भनेर प्रश्न सोधिएको छ ।

उनले थप प्रश्न गरेका छन्, “सौर्य एयरलाइन्स व्यवस्थापन पक्ष दुर्घटनामा मात्र दोषी छैन् ।

अवैध उडानका अवैध यात्रुको कारण विमानको बीमाबापत्‌को करोडौं रकम प्रभावित हुने भएपछि ऊर्जा मन्त्रालयमा १२ वर्षदेखि कार्यरत मेरी छोरीको किर्ते हस्ताक्षर गरी किर्ते कागज तयार गरी सौर्य एयरलाइन्सको कर्मचारी बनाई मरणोप्रान्त कलङ्कित गरिएको छ ।”

अगाडि उनले भने, “डुब्नै लागेको जहाज कम्पनीको व्यवस्थापन पक्ष दुर्घटनाको मौका छोपी लासको व्यापार गर्न खोज्दैछ ।

यस्तो गम्भीर अपराध हामीलाई किमार्थ स्वीकार्य छैन । अपराधीलाई कारबाही हुनुपर्छ । यस विषयमा सम्बन्धित निकाय कारबाही गर्न तत्पर नदेखिए न्यायका लागि अदालत गुहार्ने जानकारी गराउन चाहान्छु ।”

यसअघि सार्वजनिक प्रतिवदेनले जहाजको तौलको सन्तुलन नमिल्दा जहाज दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

खतिवडाले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका थिए । दुर्घटनामा जम्मा १८ जनाले ज्यान गुमाएका थिए ।

Page Views: 93
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama