Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण हुने

- shuvadmin / शुक्रबार, असोज १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भारत सरकारको अनुदानमा दुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् ।

इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टबिच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धी सम्झौता भएको हो ।

दोस्रो चरणको पेट्रोलियम परियोजना अगाडि बढाउन बिहीबार भारतको नयाँ दिल्लीमा बिटुबी फ्रेमवर्क सम्झौता भएको हो ।

भारतको सिलगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने नेपाल आयल निगमले जनाएको छ ।

यस्तै बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाइपलाइन परियोजना भारत सरकारकै अनुदानमा निर्माण हुने छ ।

चितवनको लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट टर्मिनल भारत सरकारको प्राविधिक सहयोग र निगमको लगानीमा निर्माण हुने बताइएको छ ।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले दुई परियोजना सञ्चालन गर्न भारत सरकारको १५ अर्ब भारतीय रुपियाँ अनुदान सहयोग रहने जानकारी दिए । परियोजना निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाइने उनले बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र इन्डियन आयल कर्पोरेसन (आइओसी) का डाइरेक्टर सेन्थल कुमारबिच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पङ्कज जैन र आइओसीका अध्यक्ष भी. सतीश कुमारको उपस्थितिमा भारतको नयाँ दिल्लीमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण गर्न निगम र आइओसीबिच बिटुबी सम्झौता भएको छ ।

२०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका व्रmममा नेपाल र भारतबिच दोस्रो चरणको पाइपलाइन परियोजना विस्तार गर्ने गरी भारत र नेपालबिच सम्झौता भएको थियो ।

तर, परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुङ्गो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

यसअघि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पहिलो चरणको अन्तरदेशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगन्ज, रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना २०७५ सालमा सम्पन्न भई २०७६ भदौदेखि नियमित रूपमा डिजेल आयात भइरहेको छ ।

पाइपलाइन विस्तारले समयमा इन्धन आपूर्ति, ढुवानी लागत बचत हुनुका साथै वातावरण प्रदूषण पनि कम हुन्छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama