Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सौराहामा पर्यटक घुम्ने बढे, होटेलमा बस्न भने रुचाएनन्

- shuvadmin / शनिबार, कार्तिक २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सौराहा, पर्यटकको सङ्ख्या बढे पनि सौराहामा होटेलमा बस्ने पर्यटक घटेका छन् । सौराहा घुम्न आउने तर बास नबस्ने पर्यटक वृद्धि हुँदा होटल व्यवसायी चिन्तित बनेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटेल व्यवसायी सुमन घिमिरे अहिलेको मुख्य सिजनमै होटेलका कोठा ४० प्रतिशतभन्दा बढी नबिकेको बताउनुभयो ।

“विगतका वर्षमा यस सिजनमा ८०/९० प्रतिशतसम्म अकुपेन्सी (कोठामा अतिथि बस्ने) हुने सौराहामा यस वर्ष ४० प्रतिशत कटाउन पनि मुस्किल भएको छ,” उनले भने ।

सौराहामा १३० होटेलमा सात हजार पर्यटक राख्न सक्ने क्षमता छ । चितवनमा भने २४० वटा पर्यटकीय होटलमा चार हजार आठ सय बेड सङ्ख्या रहेको पर्यटनविद् डा. विश्व सुवेदीले जानकारी दिए ।

“अहिले पर्यटक आगमनको सिजन हो तर पनि होटेल अकुपेन्सी बढ्न सकेन,” व्यवसायी घिमिरेले दुखेसो पोखे ।

वर्षा सकिएर भदौ लागेसँगै पर्यटक आउने मुख्य सिजन मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार चितवनमा यस सिजनमा पर्यटकको सङ्ख्या बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्म २८ हजार ६४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

जबकि आव २०८०/८१ को सोही अवधिमा १७ हजार ६२ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापाले यसरी घुम्न आउने पर्यटकमध्ये चालू आव २०८१/८२ को असोज मसान्तसम्म २६ हजार २७६ सौराहाबाट निकुञ्ज प्रवेश गरेको जानकारी दिए ।

आव २०८०/८१ को सोही अवधिमा १४ हजार ४६२ रहेको उनले जानकारी दिए ।

सौराहाका अलवा निकुञ्जमा कसरा, मेघौली र नवलपरासीको अमलटारीबाट पनि प्रवेश अनुमति दिइन्छ ।

सौराहाका तुलनामा यो क्षेत्रमा पर्यटकको सङ्ख्या न्यून छ तर पनि यस वर्ष यो क्षेत्रबाट पनि पर्यटक बढेको देखिन्छ ।

पर्यटकको सङ्ख्या बढे पनि होटल

‘अकुपेन्सी’ घट्दा पर्यटन व्यवसायीले चिन्ता गरेका छन् । विज्ञ डा. सुवेदी भने सौराहामा होटल अकुपेन्सी घट्नुमा सौराहा आएका पर्यटक अन्यत्र ‘डाइभर्ट’ भएको अनुमान गर्छन् ।

“अहिले निकुञ्ज घुम्ने र होटलमा नबसी घर फर्कनेको सङ्ख्या पनि बढी छ,” उनले थपे, “अहिले देखिएको आर्थिक मन्दीका कारण कतिपय पर्यटक सौराहा घुमेर कम खर्चमा बस्नका लागि सासाना होमस्टे पुगिरहेका छन् ।”

होमस्टे महासङ्घ बागमती प्रदेशका महासचिव जितबहादुर चापागाईं पनि पर्यटकको आकर्षण होमस्टेप्रति नै भएको स्विकार्छन् ।

“यो ९कात्तिक० महिनामा हाम्रो होमस्टे (माडी भ्यु सामुदायिक होमस्टे) मा मात्रै सौराहा घुमेर चार समूह बस्न आइपुगे,” उनले भने ।

यो सङ्ख्या माडीमा मात्रै नभई मेघौली, कठार, कुमरोज र पदमपुरमा रहेका होमस्टेमा पनि उत्तिकै रहेको उनको भनाइ छ ।

“ठूला होटेलमा बस्दा एउटा कोठाको कम्तीमा पनि दुई हजार पाँच सयदेखि पाँच हजार रुपियाँसम्म पनि तिर्नु पर्छ ।

होमस्टेमा पाँचरसात सयमै पुग्छ । अहिले आयस्रोतसमेत खुम्चिएका बेला पर्यटकले पनि कम खर्च गर्न लागेका हुन् कि भन्ने देखिएको छ,” विज्ञ डा. सुवेदीको तर्क छ ।

व्यवसायी घिमिरे भने देशभर आएको बाढीपहिरोको प्रभाव, सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण खर्च गर्न सक्ने पर्यटकको सङ्ख्या कमी भएको बताउँछन् ।

“काठमाडौँबाट आउने होस् कि पोखराबाट आउने सबै सडकको अवस्था बेहाल छ । लुम्बिनी जाने सडक त भन्नै परेन अनि लामो समय बस्ने र होटलमा खर्च गर्ने पर्यटक कहाँबाट आउनु ? ” उनको प्रश्न छ ।

२०२९ सालमा स्थापना भई विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जका बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी आकर्षण हुन् ।

९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका ६६० चराचुरी, बिस हजारी ताल जस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण बढाएको छ ।

हात्ती चडेर वन्यजन्तु (बाघ, गैँडा जस्ता जनावर) हेर्न पर्यटक चितवन आउने गर्छन् । विशेषतः हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदल यात्रा) डुङ्गा सफारी निकुञ्जका विशेषता हुन् ।

चितवनभर जहाँ गए पनि वन र वन्यजन्तुमा मात्रै आधारित पर्यटनको विकास भएकाले पनि सौराहाको अकुपेन्सी घटेको उनको भनाइ छ ।

Page Views: 65
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama