Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

- shuvadmin / शनिबार, मङि्सर ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन ।

कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्रीले करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताए ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिए ।

उहाँले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिए ।

यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिए ।

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार, खर्चका युनिटहरु एवम् आर्थिक गतिविधिहरु बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि सो अनुपातमा जसरी राजस्व सङ्कलन बढ्नुपर्ने हो सो अनुरुप बढ्न सकेको आफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगति लागयतमा लक्ष्य अनुरुप नभएकाले कार्य सम्पादन स्तरमा थप सुधार ल्याउन सुझाए ।

स्रोत व्यवस्थापनको हिसाबले अहिले असामान्य अवस्थामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस्तो अवस्थामा सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था नरहेको बताए ।

उनले राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरुपको प्रगती हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न समान लक्ष्य लिएर कार्य सम्पादनमा लाग्न जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।

‘‘सरकारप्रति नागरिकको अपेक्षा बढ्दो छ । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरुले स्रोतमाथिको दबाव बढेको छ ।

विश्व अर्थतन्त्र पनि पछिल्लो समय दबावमै रहेको हुँदा बाह्य सहायता परिचालनमा उल्लेख्य सुधार हुन सकेको छैन् ।

सार्वजनिक ऋण सेवा खर्च बढ्दो छ ।,’’ अर्थमन्त्रीले भने, ‘‘यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु हाम्रा लागि अनिवार्य रहेकोतर्फ विशेष ध्यानाकर्षण गरी जिम्मेवार ढङ्गले कार्य सम्पादनमा लाग्न आग्रह गर्न चाहन्छु ।’’

उनले निजी क्षेत्रलाई कर सहभागिता बढाई विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।


अर्थमन्त्री पौडेलले भने, ‘‘पहिलो कर अधिकृत करदाता स्वयं आफैँ हो । तसर्थ कानून बमोजिम लाग्ने कर आफैँ गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता बढाउन योगदान गर्नोस्, अर्थमन्त्रीले भने, यसले कर प्रशासनको मात्र होईन करदाता स्वयंको समेत लागतमा कमी आउँछ ।

आर्थिक र व्यवसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिस्पर्धालाई समेत प्रवर्धन गर्दछ ।’’

उत्साहजनक र स्वेच्छिक रुपमा कर सहभागिता बढाउन करदाता र कर प्रशासन दुवै उत्तिकै जिम्मेवार हिसाबले लाग्न जरुरी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कर दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुने करदाता र कर्मचारीहरुलाई हार्दिक बधाई दिएका थिए ।

Page Views: 77
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama