Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन मन्त्री पाण्डेको निर्देशन

- shuvadmin / बिहिबार, मङि्सर ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा घटाउन निर्देशन दिएका छन् ।

हवाई भाडा वृद्धि नियन्त्रणबारे सरोकारवालासँग बुधबार भएको छलफलपछि मन्त्री पाण्डेले यसअघि हवाई भाडा नियन्त्रणका लागि भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन दिएका हुन् ।

उनले भने , “हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारपन देखाइएकाले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ ।”

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो हवाई भाडा लिएकोप्रति सचेत गराउँदै हालै बिक्री भएका टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।

हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्तै परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबिच बसेको बैठकमा समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरी नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरिएको मन्त्री पाण्डेले बताएका छन् ।

मन्त्रालयका सचिव गणेश पाण्डेयले हवाई सेवा कम्पनीहरूले सम्झौता अनुसार हवाई भाडा लागू नगर्नु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

उनले भने , “आफूले गरेको निर्णय आफैँ लागु गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । हवाई कम्पनीले सम्झौता अनुसार हवाई भाडा कार्यान्वयन गरेर जनताको विश्वास जित्नु पर्छ ।

अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।

Page Views: 65
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama