Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उद्योगको लाइन तत्काल नकाट्ने सञ्चालक समितिको बैठकको निर्णय

- shuvadmin / बुधबार, मङि्सर १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हाललाई उद्योगमा विद्युत् लाइन नकाट्ने निर्णय गरेको हो ।

मंगलबार विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले वैकल्पिक उपायबाट उद्योगहरूसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने निर्णय गरेको बताइएको छ ।

यसअघि काटिएको लाइन जोड्ने क्रममा मन्त्रिपरिषद्को बैठकले नै प्राधिकरणलाई १५ दिनभित्र बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने भन्दै त्यति बेला लाइन जोडिदिएको थियो ।

प्राधिकरणले दिएको अल्टिमेटम आज बुधबार सकिँदै छ । यद्यपि, लाइन नकाटिने निर्णय गरिएको हो ।

Page Views: 68
संबन्धित शिर्षकहरु
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
ताजा अपडेट
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama