Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस – एमाले बीआरआईमा एकमत, चीनसँग सम्झौता हुने

- shuvadmin / आइतबार, मङि्सर १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्तारुढ दुई दल कांग्रेस र एमाले चिनियाँ परियोजना बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) बारे समझदारीमा पुगेका छन् ।

दुई दलको फरक–फरक अडानले गर्दा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआइसम्वन्धी सम्झौताबारे हुने/नहुने अन्योल बढिरहेको थियो । हिजोको सहमति अन्योल चिरिएको नेताहरुको दाबी छ ।

स्रोतका अनुसार बीआरआइको विषयमा कांग्रेस र एमाले एउटै बिन्दूमा आइपुगेका छन् ।

दुई दलीय संयन्त्रले जुटाएको सहमतिका आधारमा चीनसँग बीआरआर कार्यान्वयनबारे नयाँ सम्झौता हुने तय भएको छ ।

बीआरआइका लागि चीनसँग ऋण लिनु नहुने अडान कांग्रेसले राख्दै आएको थियो । एमाले यस विषयमा खुलेको थिएन ।

यद्यपि, एमाले नेताहरु छिमेकीसँग आवश्यकता अनुसार ऋण लिन सकिने पक्षमा छन् । प्रस्तावित मस्यौदामा ऋण वा अनुदानबारे मौन रहेको स्रोतको भनाइ छ ।

‘देशको आर्थिक अवस्थाले गर्दा हाम्रो प्राथमिकता भनेको ऋण नभएर अनुदान नै हो भन्नेमा दुवै दल सहमत छन् । चीनसँग कुरा गर्दा पनि अनुदानलाई नै जोड दिइनेछ,’ स्रोतले भन्यो ।

शनिबार दुई दलका शीर्ष नेताहरुले सम्झौताको मस्यौदालाई अन्तिमरुप दिएका हुन् । कांग्रेस र एमालेबीच बीआरआइमा हस्ताक्षर गर्ने वा नगर्नेमा नै सैद्धान्तिक विमति थियो ।

नेपालले चिनियाँ पक्षसँग पोखरा विमानस्थलको २६ अर्ब ऋणलाई अनुदानमा बदल्ने सम्वन्धमा पनि पहल गर्ने छ ।

तर, यो विषयमा प्रधानमन्त्री र चिनिया राष्ट्रपतिबीचको सम्वादबाटै टुंगो लाग्ने स्रोतले बतायो ।

सन् २०१८ मा नेपाललाई चीनले २८ अर्ब रुपैयाँ अनुदान दिने भनेकोमा त्यसै अन्तरगत पार्ने गरी सम्झौता हुन सक्ने स्रोतको दावी छ ।

ऋण वा अनुदान भन्दा पनि सम्झौता अघि बढाउने सहमति नै अहिलेको मुल विषय भएको एक एमाले नेताले बताए ।

उनले भने, ‘ऋण कि अनुदान भन्ने चरणमा हामी अहिले पुगेका छैनौं । सम्झौता अघि बढ्ने भयो, त्यही नै उपलब्धी हो ।

जब प्रोजेक्टको कुरा आउँछ, प्रत्येक प्रोजेक्टमा छुट्टाछुट्टै कार्यान्वयन सम्झौताहरु हुन्छन् । त्यतिबेला मात्रै वित्तिय स्रोत कसरी जुटाउने भन्ने कुरा आउँछ ।’

प्रस्तावित सहमतिको मस्यौदा चिनियाँ पक्षलाई पनि पठाइएको ती नेताले जानकारी दिए । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा। आरजु राणाले हिजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सम्झौताबारे व्रिफिङ गरेका छन् ।

Page Views: 75
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama