Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बुटवलको तिनाउ पुलमा बलेरो जीप पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु, गुल्मीमा पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते

- shuvadmin / शनिबार, मङि्सर २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वुटवल, बुटवलको तिनाउ पुल र गुल्मीमामा बलेरो जीप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

यस्तै शुक्रबार साँझ गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका ४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबीनकुमार श्रीसको मृत्यु भएको हो।

दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन्।

गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जीप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पुल क्रस गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उनले बताए ।

उक्त जीप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ।

Page Views: 50
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama