Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रमाणपत्र र व्यवहारले मान्छेलाई चिनाउँछ : प्रधानमन्त्री ओली

- shuvadmin / शनिबार, मङि्सर २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बनेपा, प्रधानमन्त्री तथा काठमाडौ विश्वविद्यालयका कुलपति केपी ओलीले पढाइ र प्रमाणपत्रले मात्र मान्छेको मूल्याङ्कन हुन नसक्ने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयु) को ३० औ दीक्षान्त समारोहमा शनिबार यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मान्छेलाई पढाइ, प्रमाणपत्रको साथै उसको बोली, व्यबहार, आचरणले चिनाउने बताए ।

पढाइ, प्रमाणपत्र भएर मात्रै उ राम्रो मान्छे बन्ने हैन, राम्रो मान्छे हुनका लागि उसको बोली, व्यबहार र आचरण राम्रो हुन जरुरी छ, यस्तो मान्छे सबैको प्रिय बन्दछ उनले भने , “विद्यार्थीले यो कुरामा ख्याल गर्नुपर्छ ।”

उनले विद्यार्थीले विश्वविद्यालयको प्रतीष्ठा र मर्यादा माथि जानेगरी आफुले प्राप्त गरेको बिज्ञतालाई कार्य क्षेत्रमा प्रस्तुत गर्नुपर्ने सुझाव दिए ।

उनले अध्ययन जीवनपर्यन्त चलिरहने भएकाले अध्ययनको काम केही बर्ष, कुनै तहमा नसकिने बताए ।

“मान्छे नमरेसम्म उसको अध्ययनको काम सकिन्न, बाचुँन्जेल अध्ययनको काम चलिरहन्छ” उनले थपे, “मान्छेले आफुलाई व्यबहारिक रुपमा अघि बढाउँदै लैजानुपर्छ ।”

उनले युवालाई रोजगारी दिने हैन रोजगारी सिर्जना गर्ने शिक्षा दिनुपर्ने बताए ।

उनले जनवायु परिवर्तन लगायतको कारण नेपालका हिमालहरु कालापत्थरमा परिणत हुँदैगएको बताउँदै वातारणीय न्यायका लागि सरकार लागिरहेको दावी गरे ।

केयुले आफ्नो स्थापनाकालदेखि नै नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दैआएको उनको भनाइ थियो ।

समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रा.डा. टिएन सिंहले भारत र नेपालबिच अत्यन्त राम्रो सम्बन्ध रहेको बताए ।

उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी र केयुबिच शैक्षिक कार्यक्रमका लागि सम्झौता भएको जानकारी गराए । उनले आफूले सिकेका सीपलाई व्यबहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले समयसापेक्ष विभिन्न नयाँ कार्यक्रमहरु अघि बढाएको बताए ।

समारोहमा स्कुल अफ आर्ट्स, स्कुल अफ एजुकेशन, म्यानेजमेन्ट, इन्जिनियरिङ, मेडिकल साइन्सेज, साइन्सका एक हजार २५६ विद्यार्थी दीक्षित भएका थिए ।

Page Views: 59
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama