Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले पहिलोपटक नेपालको विकासमा एआईसम्बन्धी विशेष छलफल गर्दै

- shuvadmin / आइतबार, साउन १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दै छ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।

कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन्।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे धारणा राख्नेछन्।

यसैगरी कार्यक्रममा एआईको सम्भाव्यता, उपयोग र चुनौतीबारे टुटलका संस्थापक तथा उद्यमी इन्जिनियर शिक्षित भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौँ विश्वविद्यालयका प्रा. डा. सुदन झा, प्रधानमन्त्री कार्यालयअन्तर्गत ई-गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दीपेश विष्ट तथा नेपाली कांग्रेसको प्रविधि विभाग सदस्य इन्जिनियर उज्ज्वल कोइराला प्यानल छलफलमा सहभागी हुनेछन्।

कार्यक्रममा नेपालको विकासमा एआईसम्बन्धी नीति निर्माण, पूर्वाधार विकास, शिक्षादेखि रोजगारीसम्मका प्रभावबारे समग्र दृष्टिकोणमा छलफल हुने विभाग संयोजक मिश्रले बताएकी छन्।

कांग्रेसले एआईसम्बन्धी बृहत् छलफल पहिलोपटक गर्न लागेको हो।

Page Views: 132
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama