Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहकारीको करोडौं रकम अपचलन गरेका संचालक बचतकर्ताको नियन्त्रणमा

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रुपन्देही, रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै संचालकहरुलाई कार्यालयमा छलफलका लागि बोलाएर थुनेर राखेका छन् ।

कार्यालयमा थुनिनेमा फरार रहेका अध्यक्ष र सचिवका श्रीमतिहरु पनि रहेका छन् ।

असार १७ गते यो सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि वचतकर्ताले उनीहरुलाई कारबाहीको माग गर्दै आफ्नो वचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दवाव दिँदै आएका थिए ।

तर कसैगरी उनीहरु सम्पर्कमा नआएपछि दुई दिनअघि प्रहरीले फरार दुवैजनाका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ ।

बुधबार अपरान्हदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबीच छलफल भएपनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरुलाई रातभर निस्कन दिएनन् ।

बुधबार राति छलफलका लागि कार्यालयमा बोलाइएका सबै संचालकलाई भित्र थुनिएको र यो समस्या समाधान नहुँदासम्म निस्कन नदिने सदस्य लालबहादुर खत्रीले बताए ।

उनीहरुलाई सामान्य खानाको व्वस्था भित्रै गरिएको र यसको वास्तविकता नआउन्जेल बाहिर आउन नदिइने उनले जनाएका छन् ।

अहिले कार्यालय बाहिर ५ वटा सशस्त्र प्रहरीका गाडीले सुरक्षा दिइरहेको स्थानीयले जनाएका छन् ।

मंगलबारको छलफलमा अध्यक्ष तिवारीकी पत्नी शारदाले अपचलन र हिनामिना भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिव मात्र नभई सिंगो सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन् ।

बचतकर्ताहरुले उनको तर्क अस्वीकार गर्दै तिवारीलाई यथाशीघ्र उपस्थित गराउनुपर्ने अन्यथा सम्पति र जायजेथा बिक्री गरेर बचत फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

मंगलबार शारदाले आफूसँग भएको रकम करिब ७ करोड दिएर अहिले बचत रकम फिर्ता गराउन यहाँको समन्वय समितिमा राजी भएपनि पछि उनका जेठाजू हरि तिवारीले नमालेपछि बिग्रेको समन्वय समितिका एक सदस्यले बताए ।

बचत फिर्ताको सुनिश्चित नहुँदासम्म घर घेराउ आन्दोलन जारी रहने बचतकर्ता बसन्त शर्माले बताए ।

छलफलमा सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य, सह–कोषाध्यक्ष केशरी पाण्डेले आफूहरु बचतकर्ताको रकम छिटो फिर्ता हुनुपर्ने र त्यसका लागि फरार अध्यक्ष र सचिवलाई छिटो सम्पर्कमा ल्याउन प्रहरी प्रशासनसँग माग गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिटै पक्राउ पर्ने दाबी गरे ।

मंगलबार अपरान्हदेखि सुरु भएको सहकारी कार्यालय घेराउ कार्यक्रम अहिले पनि जारी छ ।

अध्यक्ष र सचिवकी श्रीमतीलाई बचतकर्ताले कार्यालयबाट निस्कन दिएका छैनन् भने प्रहरीले बाहिरबाट सुरक्षा दिइरहेको छ ।

पीडितहरुले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।

सहकारीमा संकट आएपछि प्रदेश सहकारीको कार्यालयबाट यहाँको वास्तविक अवस्था पत्ता लगाउन अहिले आन्तरिक लेखापरीक्षणको अन्तिम तयारी भएको छ ।

तर , सअघि नै लेखापरीक्षणमा गलत तथ्य राखेकाले यसलाई ढिलाई गरिएको हो ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama