Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जनकपुरमा भब्य रुपमा सकियो सीताराम विवाहपञ्चमी महोत्सव

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, सीताराम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा विधि भएसँगै सप्ताहव्यापी महोत्सव सम्पन्न भएको छ।

बुधबार जानकी मन्दिरको प्राङ्गणमा प्रतिकात्मक रुपमा बनेका राम, लक्ष्मण, भरत, सत्रुधन तथा जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराइएको हो।

विवाहपछि मिथिलाञ्चलमा मौहक विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा छ।

जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइले खिर ग्रहण गराइएको छ।

राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खिर खुवाइयो।

मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्काएका थिए।

रघुवर चारै भाइका साथै जन्तीको रुपमा आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो।

रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसादलगायत दिएर बिदाइ गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगर दर्शन भएको थियो। त्यस्तै, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौँ दिन स्वयंवर तथा विवाह र सातौँ दिन रामकलेवा भएको हो।

Page Views: 140
संबन्धित शिर्षकहरु
रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
सुनको मूल्य ३ लाख २० हजार नजिक
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
ताजा अपडेट
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
  • छोराको हत्याको खबरले आमा पनि वितिन
  • नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
  • आजका लागि फलफूल तथा तरकारीकाे थोक मूल्य निर्धारण
  • देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
  • महाधिवेशन रोक्न अन्तरिम आदेश माग्दै सर्वोच्च जाने देउवा–खड्का पक्षको तयारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama