Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

- shuvadmin / शुक्रबार, माघ १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ ।

जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

सञ्चार माध्यमका अनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन करिब २०० फिट गहिरो खाडलमा खसेको थियो ।

दुर्घटनापछि सेना र प्रहरीले संयुक्त उद्धार अभियान शुरु गरी शव निकाल्ने र घाइतेहरूको उपचार गर्ने काम गरिरहेको छ ।

भारतमा क्षमताभन्दा बढी भार, सडकको खराब अवस्था र लापरवाहीपूर्ण सवारी चालनका कारण यस्ता घातक सडक दुर्घटनाहरू सामान्य हुने गरेका गरेको छ ।

भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले २०२४ डिसेम्बरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब १ लाख ७८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन् ।

तीमध्ये करिब ६० प्रतिशत हताहत १८–३४ वर्ष उमेर समूहका व्यक्तिहरू हुने गर्छन् । गत वर्ष मात्र देशभर ४ लाख ८० हजारभन्दा बढी सडक दुर्घटनाहरू दर्ता भएका थिए ।

Page Views: 103
संबन्धित शिर्षकहरु
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama