Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुन ५ हजार डलर नजिक, अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्डको संघारमा

- shuvadmin / आइतबार, माघ १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगेको छ। पछिल्लो कारोबारमा सुनको मूल्य ४,९८८.५६ अमेरिकी डलर प्रति औंस मा पुगेको छ ।

जुन अघिल्लो कारोबारको तुलनामा ७८.९७ डलर अर्थात् १.६१ प्रतिशतले वृद्धि हो।

यससँगै सुनको मूल्य पहिलो पटक ५ हजार डलरको मनोवैज्ञानिक सीमातर्फ उन्मुख भएको संकेत देखिएको छ।

उही अवधिमा चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी १०३.३० डलर प्रति औंस मा कारोबार भएको छ, जुन एकैदिनमा ७.४५ प्रतिशतले बढेको हो।

२०२६ भित्र सुन अझै महँगिन सक्छ स् अन्तर्राष्ट्रिय प्रक्षेपण

अन्तर्राष्ट्रिय लगानी बैंक तथा विश्लेषक संस्थाहरूले सुनको मूल्य २०२६ भित्र अझै उल्लेख्य रूपमा बढ्न सक्ने प्रक्षेपण गरेका छन्।

अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्स ले २०२६ को अन्त्यसम्म सुनको मूल्य ५,४०० डलर प्रति औंससम्म पुग्नसक्ने अनुमान सार्वजनिक गरेको छ।

बैंकका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, केन्द्रीय बैंकहरूको सुन खरिद वृद्धि र सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको मूल्यलाई माथि धकेलिरहेको छ।

त्यसैगरी, केही बजार विश्लेषकहरूले दीर्घकालीन बुलिश ट्रेन्डलाई आधार मान्दै सुनको मूल्य ६,००० देखि ७,००० डलर प्रति औंससम्म पुग्नसक्ने सम्भावनासमेत औँल्याएका छन्।

बैंक अफ अमेरिका लगायतका संस्थाहरूले पनि मुद्रा अवमूल्यन, ऋण संकट र भूराजनीतिक जोखिमका कारण सुनप्रति लगानीकर्ताको आकर्षण थप बढ्ने बताएका छन्।

मूल्य वृद्धिका मुख्य कारण

विश्लेषकहरूका अनुसार सुनको मूल्य बढ्नुका प्रमुख कारणहरूमा

-विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता

-अमेरिका तथा युरोपेली मुलुकहरूमा सम्भावित ब्याजदर कटौती

-केन्द्रीय बैंकहरूको सुन भण्डारण रणनीति

-शेयर बजार तथा क्रिप्टो बजारको अस्थिरता

-र, सुरक्षित लगानीका रूपमा सुनप्रतिको माग वृद्धि रहेका छन्।

बजारको आगामी संकेत

सुनको मूल्य ५ हजार डलर नजिक पुग्नुले अन्तर्राष्ट्रिय कमोडिटी बजारमा नयाँ चरणको सुरुवात भएको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ।

यदि हालकै प्रवृत्ति कायम रह्यो भने आगामी वर्षहरूमा सुनले नयाँ/नयाँ कीर्तिमान कायम गर्न सक्ने सम्भावना बलियो देखिएको छ।

यद्यपि, मौद्रिक नीति र विश्व अर्थतन्त्रमा हुने अप्रत्याशित परिवर्तनले बजारमा उतार–चढाव ल्याउन सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन्।

Page Views: 172
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama