Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रियसभामा कांग्रेस बन्यो ठूलो दल

- shuvadmin / सोमबार, माघ १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठूलो दल थियो ।

१७ जना सदस्य हुँदा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य सङ्ख्या राष्ट्रियसभामा २५ पुगेको थियो ।

तर, राष्ट्रिय सभाको आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभाको माघ ११ गते सम्पन्न निर्वाचनले छबर्से कार्यकालका लागि १८ जना सदस्य निर्वाचित गरेको हो ।

नेपालको संविधान २०७२ को धारा ८६(३) ले राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था गरेको छ ।

सोही उपधारामा सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने उल्लेख छ ।

जस अनुसार २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा एक तिहाइ सदस्यको निर्वाचन भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एक निर्विरोधसहित नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक जना निर्वाचित भए । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर मधेशको अन्य समूहबाट निर्वाचित भए ।

राष्ट्रिय सभामा एक मात्र सदस्य रहेको लोसपाका शेखरकुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित भएका हुन ।

जनता समाजवादी पार्टी नेपालबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि जित्न सकेनन् ।

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट दुई तथा राष्ट्रिय जनमोर्चाबाट चार जनाको उम्मेदवारी परेपनि कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् ।

माथिल्लो सदनमा नेमकिपाको प्रतिनिधित्व छैन । राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्य छन् ।

कोशी प्रदेशमा अन्य समूहबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए ।

निर्वाचनबाट प्राप्त मतपरिणाम अनुसार फागुन २१ गतेपछि राष्ट्रियसभामा नेपाली कांग्रेसबाट निर्वाचित हुने सदस्यको सङ्ख्या २४ हुने छ ।

नेपाली कम्युनिस्ट पार्टी भने दोस्रो ठुलो दलमा धकेलिने छ । नेकपा (एमाले) ले दस जना सदस्यसहित तेस्रो ठुलो दलको हैसियत प्राप्त गर्ने छ ।

दस जना सदस्य रहेको एमाले यसअघि पनि तेस्रो ठूलो दल थियो । नेकपाका आठ, एमालेका आठ, जसपा र लोसपाका एकरएक र मनोनीत एक गरी १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदै छ ।

शपथ तत्कालै, कार्यकाल फागुन २० गतेपछि

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० मा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेस गरी निर्वाचित उम्मेदवारको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था छ ।

सोबमोजिम आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम समावेश भएको प्रतिवेदन पेस गर्नुका साथै नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई परिणामबारे औपचारिक जानकारी गराउने छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचनको परिणाम प्राप्त भएपछि सचिवालयले निर्वाचित सदस्यलाई शपथको कार्यक्रम तय गर्ने बताए ।

“रिक्त हुन लागेका सदस्यको पदावधि फागुन २० सम्म कायम रहने छ । निर्वाचित सदस्यको भूमिका फागुन २१ देखि शुरु हुने छ ।

त्यसअघि सचिवालयले शपथग्रहण गराउने, व्यक्तिगत विवरण प्राप्त गर्नेलगायत गतिविधि गर्ने छ ।”

मनोनीत सदस्य वामदेव गौतम र निर्वाचित सदस्यहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले कार्यकाल सकिनुअघि नै राजीनामा गरेका थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित सदस्य बलदेव बोहराको निधन भएकाले एक पद रिक्त छ । सचिवालयका प्रवक्ता एकराम गिरिले रिक्त पदबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको बताए ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनबमोजिम सो क्षेत्रमा उपनिर्वाचनको मिति तोक्ने छ ।

९६ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ९५।६७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

आइतबार बिहान ९ देखि ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा तोकिएको केन्द्रमा मतदान भएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए ।

सात वटै प्रदेशमा गरी कुल दुई हजार ११ जना मतदाता रहेकोमा एक हजार ९२४ जना मतदानमा सहभागी भए ।

पालिकातर्फ एक हजार ४८२ मध्ये एक हजार ४२६ र प्रदेशसभा सदस्यतर्फ ५२९ मध्ये ४९८ जना मतदाताले मतदान गरेका छन् ।

संविधानको धारा ८६(२) क मा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा सङ्घीय कानस्नबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था छ ।

प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ ।

सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणन गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरू

कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) की रोशनी मेचे (महिला समूह), सोमनाथ पोर्तेल (दलित समूह) र नेपाली कांग्रेसका सुनीलबहादुर थापा (अन्य समूह, निर्विरोध) निर्वाचित भएका छ ।

मधेश प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित समूह), रञ्जित कर्ण (अपाङ्गता/अल्पसङ्ख्यक समूह), एमालेकी रेखाकुमारी झा (महिला समूह), लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर (अन्य समूह) निर्वाचित भए ।

यसै गरी बागमती प्रदेशबाट नेपाली कांग्रेसकी गीता देवकोटा (महिला समूह) र एमालेका प्रेमप्रसाद दङ्गाल (अन्य समूह) निर्वाचित भए ।

गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा (महिला समूह) र नेपाली कांग्रेसका जगत तिमिल्सिना (अन्य समूह) निर्वाचित भए ।

यस्तै लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री (महिला समूह), नेपाली कांग्रेसका वासुदेव घिमिरे (अपाङ्गता/अल्पसङ्ख्यक समूह) र चन्द्रबहादुर केसी (अन्य समूह) निर्वाचित भए ।

कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल (महिला समूह) र नेपाली कांग्रेसका ललितजङ्ग शाही (अन्य समूह) निर्वाचित भए ।

सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी (महिला समूह) र नेपाली कांग्रेसका खम्मबहादुर खाती (अन्य समूह) निर्वाचित भए ।

Page Views: 72
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama