Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हामीले उपभोग गरेको स्वतन्त्रता सहिदहरूको बलिदानको उपज हो : अध्यक्ष ओली

- shuvadmin / शुक्रबार, माघ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आजको लोकतान्त्रिक अधिकार र स्वतन्त्रता सहिदहरूले रोपेको आन्दोलनको बीऊका कारण सम्भव भएको बताएका छन्।

आज सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले वि.सं. १९९७ मा प्रजातन्त्रका लागि आफ्नो प्राण आहुति दिने चार वीर सहिदहरूको स्मरण गरेका हुन्।

अध्यक्ष ओलीले सहिद दिवसलाई क्यालेन्डरको एउटा मितिको रूपमा मात्र सीमित राख्न नहुनेमा जोड दिएका छन्।

उनले लेखेका छन्, “आजको समयमा उभिएर हेर्दा यो दिन केवल एउटा मिति जस्तो लाग्न सक्छ, तर विगतलाई फर्केर हेर्दा हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता कति ठूलो त्यागबाट प्राप्त भएको हो भन्ने प्रष्ट हुन्छ।”

राणा शासनको क्रुरता र मृत्युदण्डको सामना गर्दै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले प्रजातन्त्रको आवाज उठाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले त्यसै सङ्घर्षले लोकतान्त्रिक अधिकार स्थापित गर्ने जग बसालेको बताएका छन्।

उनले वर्तमान राजनीतिक उपलब्धिलाई कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको महत्वपूर्ण उपजका रूपमा चित्रण गरेका छन्।

अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प गर्दै अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Page Views: 181
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama