Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निर्मला पन्त प्रकरणसँग जोडिएको गाली बेइज्जती मुद्दामा पत्रकार खेम भण्डारी पक्राउ

- शुभ बिहानी / बिहिबार, असार १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतले सुनाएको सजाय कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित कटान क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार जिल्ला अदालत कञ्चनपुरको आदेश कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको हो।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनासम्बन्धी समाचार प्रकाशनका क्रममा गाली बेइज्जती गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला अदालतले गत जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो।

अदालतले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको थियो।

यो मुद्दा कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज बिष्टका छोरा किरण बिष्टले दायर गरेका थिए।

निर्मला पन्त हत्या प्रकरणमा तथ्य र प्रमाणबिनै आफ्नो नाम जोडेर समाचार प्रकाशित गरिएको दाबी गर्दै उनले कानूनी उपचार खोजेका थिए। किरण बिष्ट हाल राष्ट्रिय समाचार समितिमा पत्रकारका रूपमा कार्यरत छन्।

उल्लेखनीय छ, २०७५ साल साउन १० गते घरबाट पढ्न जाने भन्दै निस्किएकी किशोरी निर्मला पन्त अर्को दिन भीमदत्त नगरपालिकाको निम्बुखेडा क्षेत्रस्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

देशव्यापी चर्चा र चासोको विषय बनेको उक्त घटनाका दोषी व्यक्ति हालसम्म पहिचान हुन नसक्दा अनुसन्धान र न्याय प्रक्रियामाथि प्रश्न उठ्दै आएका छन्।

Page Views: 95
संबन्धित शिर्षकहरु
नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै
लघुवित्त पीडितसँग सरकारको सहमति, तत्काल रोकियो काठमाडौं केन्द्रित आन्दोलन
कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई, देउवाको निर्देशनमा अघि बढ्ने
ताजा अपडेट
  • नागको पूजाअर्चना गरी नागपञ्चमी मनाइँदै
  • लघुवित्त पीडितसँग सरकारको सहमति, तत्काल रोकियो काठमाडौं केन्द्रित आन्दोलन
  • कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांकलाई, देउवाको निर्देशनमा अघि बढ्ने
  • भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल आउँदै
  • सुन चाँदीको मूल्य बढ्याे
  • उच्च अदालत बार एसोसिएसनको अध्यक्षमा सेवन्तराज निरौला विजयी
  • पहिरोमा परी एक जनाको मृत्यु, तीन बेपत्ता ९ जना घाइते
  • ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र ल्याउन पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama