Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुशासनमा सम्झौता हुँदैन, जिम्मेवार नबन्नेलाई कारबाही : मन्त्री लम्साल

- शुभ बिहानी / सोमबार, असार २२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तनहूँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको सेवा र विकास निर्माणमा लापरबाही गर्ने जनप्रतिनिधि तथा पदाधिकारीलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएका छन्।

उनले स्थानीय तहदेखि प्रदेश सरकारसम्मका जिम्मेवार पदाधिकारीहरू जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन्।

आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै मन्त्री लम्सालले जनप्रतिनिधिहरूले जनताको विश्वासअनुसार काम नगरे कारबाहीको सामना गर्नुपर्ने स्पष्ट पारे।

उनले स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै जनताको समस्या समाधानमा गम्भीर बन्न आग्रह गरे।

“यदि कुनै मेयरले जनताको काम गर्नुभएन, जनताको गुनासो नसुन्नुभयो वा अपहेलना गर्नुभयो भने त्यसबारे हामीलाई जानकारी गराउनुहोस्।

आवश्यक परे सम्बन्धित व्यक्तिमाथि कारबाही गर्न सरकार पछि हट्दैन,” उनले भने।

मन्त्री लम्सालले प्रदेश सरकारका मन्त्रीहरू समेत जवाफदेहिताभन्दा माथि नरहेको उल्लेख गर्दै जनताको हितविपरीत काम गर्ने जोसुकै भएपनि कानूनअनुसार कारबाही हुने बताए।

उनका अनुसार सरकारको प्राथमिकता सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु हो।

“काम गर्नेहरूलाई संरक्षण गर्छौं, तर जिम्मेवारीबाट पन्छिने र जनताको अपेक्षाविपरीत काम गर्नेहरूलाई छुट दिइँदैन,” उनले भने, “विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ, जनताले परिणाम देख्नुपर्छ।

त्यसका लागि सबै तहका जनप्रतिनिधिको कार्यशैली परिवर्तन हुन आवश्यक छ।”

मन्त्री लम्सालले विकास निर्माणलाई गति दिन सकारात्मक सोच र परिणाममुखी कार्यसंस्कृति आवश्यक रहेको उल्लेख गरे।

“काम चाहिँ हुनुपर्‍यो, विकास देखिनुपर्‍यो। जनताले अनुभूति गर्ने गरी सेवा र विकासका कार्यक्रम कार्यान्वयन गर्नुपर्छ,” उनले भने।

उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै तीनै तहका जनप्रतिनिधिले जनताका समस्या समाधानलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे।

जनताले भोगिरहेका समस्या, गुनासा र आवश्यकताहरू सम्बन्धित निकायसम्म पुर्‍याउन पनि उनले कार्यकर्ताहरूलाई आग्रह गरे।

कार्यक्रममा मन्त्री लम्सालले तनहुँ जिल्लाको पूर्वाधार विकासका विषयमा पनि चर्चा गरेका थिए।

उनले जिल्लाको आवश्यकता र प्राथमिकताअनुसार सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाका योजना तयार गरी पेश गर्न आग्रह गरे।

तनहुँका लागि उपलब्ध बजेट सीमाभित्र रहेर प्रभावकारी र दीर्घकालीन योजना निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाका विभिन्न विकास निर्माणका काम, सडक स्तरोन्नति, पुल निर्माण तथा पूर्वाधार विस्तारका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

उनले जिल्लामा रहेका अधुरा आयोजना सम्पन्न गर्न र नयाँ योजनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका थिए।

मन्त्री लम्सालले प्राप्त सुझाव र मागलाई सम्बन्धित निकायमार्फत अध्ययन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले विकास निर्माणका काममा ढिलासुस्ती नहुने गरी कार्यान्वयनलाई प्रभावकारी बनाइने समेत बताएका छन्।

Page Views: 37
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama