Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

- शुभ बिहानी / मङ्गलबार, साउन १२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगञ्जकाे नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।

गत शनिबार साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कानुनी दायरा विपरीत हातपात गरेका थिए । उक्त आक्रमणका क्रममा डा. प्रमोद राम गम्भीर घाइते भएका छन् भने उनको टाउकोमा गहिरो चोट लागेको छ । स्वास्थ्यकर्मीको सुरक्षा र आत्मसम्मानमाथि लगातार आक्रमण भइरहेको भन्दै चिकित्सकहरू कडा आन्दोलनमा उत्रिएका हुन् ।

उक्त घटनाको विरोधस्वरूप नेपाल चिकित्सक संघले आज एक विज्ञप्ति जारी गर्दै देशैभरका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण नियमित स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ । संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न राज्य गम्भीर हुनुपर्नेमा पनि जोड दिएको छ।

संघले वीरगञ्जको उक्त घटनामा प्रत्यक्ष रूपमा संलग्न दोषीलाई तत्काल कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भयरहित वातावरणमा सेवा दिने अवस्था सिर्जना नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने पनि संघले जनाएको छ ।

Page Views: 60
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama