Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी

- शुभ बिहानी / शुक्रबार, साउन १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जिल्ला प्रशासन कार्यालयले सप्तरीको राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । हिजाे साउन १४ गते राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ ।

प्रमुख जिल्ला अधिकारी थापाद्वारा जारी आदेशमा कर्फ्युको उल्लङ्घन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

अहिले कर्फ्यु आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ । सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत देखिन थालेको र सोही घटनाको विरोधमा हिजाे सप्तरीमा समेत प्रदर्शन भएको थियो ।

Page Views: 15
संबन्धित शिर्षकहरु
राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
धनुषामा एक व्यक्तिको हत्या
बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
ताजा अपडेट
  • राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
  • धनुषामा एक व्यक्तिको हत्या
  • बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
  • सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  • उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
  • आज साउन १५ गते ‘खिर दिवस’ खिर खाएर मनाइँदै
  • धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर
  • लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama