Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोकर्णेश्वरमा आगलागी, काठ गोदामसहित १४ वटा सटरमा क्षति

- शुभ बिहानी / आइतबार, साउन १७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ पहेँलोपुल नजिक जम्बुडाँडामा शनिबार राति भएको आगलागीबाट एक काठ गोदामसहित १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ । उक्त आगलागीमा एक जना घाइते भएका छन् ।

राति सवा ९ बजे रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा त्यससँगै रहेका व्यवसायिक सटरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

घटना बारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट १००, विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट २५ तथा सशस्त्र प्रहरी बल सिनामंगलबाट ५० गरी १७५ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको थियो ।

आगो नियन्त्रणका लागि ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीसमेत परिचालन गरिएका थिए भने दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियाे ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन् भने उनलाई प्रारम्भिक उपचार पछि राष्ट्रिय ट्रमा सेन्टर रेफर गरिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ओम काष्ठ मिल उद्योगसहित रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसलमा क्षति पुगेको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आइनसकेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Page Views: 43
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama