Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

परिवर्तन, पारदर्शिता र पर्यटनको भविष्य एजेन्डासहित नाट्टा अध्यक्षमा प्रदीप आचार्यको उम्मेदवारी घोषणा

- शुभ बिहानी / बिहिबार, साउन २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) को नेतृत्वका लागि पर्यटन व्यवसायी प्रदीप आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

परिवर्तन, पारदर्शिता र व्यवसायीको सम्मान भन्ने मूल नारासहित उनले नाट्टालाई समयानुकूल, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ड्युक नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक आचार्य पर्यटन उद्योगमा सक्रिय युवा उद्यमीका रूपमा परिचित छन्।

उनी नेपालको पर्यटनलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर नवप्रवर्तन, डिजिटल प्रविधि र विश्वव्यापी बजारसँग जोड्ने अभियानमा जोड दिँदै आएका छन्।

पर्यटन क्षेत्रको शैक्षिक र व्यावसायिक दुवै अनुभव बोकेका आचार्यले त्रिभुवन विश्वविद्यालय बाट ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (एमटीटीएम) र व्यवस्थापन ९एमबीएस० मा स्नातकोत्तर गरेका छन्।

साथै नेपाल ल क्याम्पसबाट एलएलबी अध्ययन पूरा गरेका छन्।

पर्यटन, व्यवस्थापन र कानूनको संयुक्त ज्ञानले संस्थागत नेतृत्वलाई अझ प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

राष्ट्रिय ताल संरक्षण विकास समिति का पूर्व कार्यकारी सदस्यसमेत रहेका आचार्यले पर्यटन नीति सुधार, दिगो पर्यटन, निजी क्षेत्रको सशक्तीकरण तथा सुशासनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका खेल्दै आएका छन्।

पर्यटनसम्बन्धी अध्ययन, अनुसन्धान र नीतिगत बहसमार्फत पनि उनी परिचित छन्।

आचार्यका प्रमुख प्रतिबद्धता

नाट्टालाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री संस्था बनाउने।
पर्यटन व्यवसायीको पेशागत सुरक्षा, अधिकार र व्यवसायिक वातावरण सुदृढ गर्ने।
सरकारसँग समन्वय गरी पर्यटनमैत्री नीति तथा कानूनी सुधार अघि बढाउने।
नेपालको पर्यटनलाई नयाँ अन्तर्राष्ट्रिय बजार मा विस्तार गर्दै प्रभावकारी ब्रान्डिङ गर्ने।
अनुसन्धान, नवप्रवर्तन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने।
युवा उद्यमी, महिला तथा नयाँ पुस्ताका पर्यटन व्यवसायीलाई संस्थागत नेतृत्वमा अवसर दिने।
नाट्टालाई सदस्यमुखी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने।

आचार्यले पर्यटन क्षेत्रको भविष्य सामूहिक नेतृत्व, नवीन सोच र निजी क्षेत्रको सशक्त भूमिकामा निर्भर रहेको उल्लेख गर्दै नाट्टालाई व्यवसायीहरूको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नाट्टाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन साउन २९ गते काठमाडौंस्थित सोल्टी होटल मा हुँदैछ। यसपटकको निर्वाचनलाई नेपालको पर्यटन क्षेत्रको भावी दिशा, संस्थागत सुधार र निजी क्षेत्रको नेतृत्वको दृष्टिले निकै चासोका साथ हेरिएको छ।

Page Views: 104
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama