आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेर ३ लाख नाघेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको ४ हजार ८ सयले बढेर तोलाको ३ लाख १ हजार ७ सय पुगेको छ ।
यसअघि शुक्रबारका दिन सुन तोलाको २ लाख ९६ हजार ९ सय रपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।