Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट

- शुभ बिहानी / शुक्रबार, साउन २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लाे राजनीतिक घटनाक्रमसँगै सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट चुनिने निश्चित भएको छ । नेकपा एमालेको समर्थनसहित भट्टले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय सीमा दिएका थिए ।

उक्त समयभित्रै एमाले र नेकपाको सहमति अनुसार भट्टले बहुमतको समर्थनसहित दाबी पेस गरेका छन् । प्रदेश प्रमुखले दाबी स्वीकृत गरी आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको बताइएकाे छ ।

खगराज भट्ट सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि पाँचौँ मुख्यमन्त्री बन्दै छन् । उनी डडेल्धुरा प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित सांसद हुन् । सुदूरपश्चिम प्रदेश सभामा २२ सिटसहित नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने एमालेसँग ११ सिट रहेको छ ।

नयाँ समीकरण अनुसार मन्त्रालय भागबन्डासमेत टुङ्गिएकाे र जसमा नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउने सहमति भएको छ । मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको छ ।

Page Views: 84
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama