Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

थाइल्याण्ड, नेपाली प्रतिभा, कला, संस्कृति, पाककला तथा पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले थाइल्याण्डमा आयोजना गरिएको Asia Global Excellence Awards 2026 भव्य समारोहबीच सम्पन्न भएको छ।

Worldwide Production Media Pvt. Ltd. र Himalaya Committee Project को संयुक्त आयोजनामा भएको समारोहमा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली व्यक्तित्वलाई सम्मान गरिएको थियो।

समारोहमा प्रमुख अतिथि प्रा. भारती ओख्राबो लिम्बू, विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, चौरिदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान तथा सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ लगायतको उपस्थिति थियो।

पाककलाका नेपाली प्रतिभा सम्मानित

अवार्ड समारोहमा विदेशमा रहेर नेपाली पाककला तथा नेपालको पहिचान प्रवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो।

अमेरिकामा रहेर नेपाली पाककला र Culinary Professionals को अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्‍याएका शेफ वेदप्रसाद अधिकारीलाई ‘Global Culinary Excellence Award 2026’ प्रदान गरियो।

त्यस्तै, नेपाली पाककला सम्पदा, Gastronomy तथा Culinary Literature को प्रवद्र्धनमा योगदान पुर्‍याएका विक्रम वैद्यलाई ‘Global Culinary Heritage & Literary Excellence Award 2026’ बाट सम्मान गरिएको थियो।

माल्दिभ्समा पाककला क्षेत्रमा सक्रिय शेफ विनोद तामाङलाई समेत नेपाली Culinary Talent को प्रतिनिधित्व गर्दै सम्मान गरिएको थियो।

‘Taste of Mithila’ बाट नेपालको स्वाद विश्वमा

समारोहको पाककला पक्षलाई शेफ महेश शाहको ‘Taste of Mithila’ अभियानले थप अर्थपूर्ण बनाएको छ। जनकपुरको मौलिक मिथिला खानालाई अमेरिकादेखि अस्ट्रेलियासम्म पुर्‍याउँदै आएका शाहले खानासँगै मिथिलाको संस्कृति, परम्परा र जीवनशैलीलाई समेत विश्वसामु चिनाउने प्रयास गर्दै आएका छन्।

अमेरिका र न्यूयोर्कमा आयोजित Mithila Festival USA मा लाइभ कुकिङ तथा मौलिक मिथिला परिकार प्रस्तुत गरिसकेका शाहको अभियानले नेपाली खानालाई पर्यटनसँग जोड्ने सम्भावनासमेत देखाएको छ।

मिथिला थाली, तरुवा, बगिया, अचारलगायत स्थानीय परिकारलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके ‘Taste of Mithila’ हुँदै ‘Taste of Nepal’ को अवधारणालाई अघि बढाउन सकिने आयोजकहरूको विश्वास छ।

सम्मानसँगै पर्यटन प्रवद्र्धनको सन्देश

समारोहले विदेशमा रहेका नेपाली प्रतिभालाई सम्मान गर्नुका साथै नेपालको पर्यटन, संस्कृति र मौलिक खानालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न प्रवासी नेपाली समुदायको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।

कार्यक्रम संयोजक कुमार चौलागाईंले नेपाल पर्यटन प्रवद्र्धनका लागि सरकारी निकायसँगै निजी क्षेत्र, स्थानीय तह, प्रवासी नेपाली र विभिन्न पेशामा रहेका नेपालीले समेत आफ्नो स्तरबाट योगदान गर्नुपर्ने धारणा व्यक्त गरे।

थाइल्याण्डमा सम्पन्न यो समारोहले सम्मानमार्फत नेपाली प्रतिभालाई प्रोत्साहन र स्वाद तथा संस्कृतिमार्फत नेपालको पहिचान विश्वमाझ पुर्‍याउने प्रयासलाई एउटै मञ्चमा जोडेको छ।

हिमाल, संस्कृति र प्राकृतिक सम्पदासँगै अब नेपाली स्वाद, प्रतिभा र सिर्जनशीलता पनि नेपालको अन्तर्राष्ट्रिय पहिचानका बलिया आधार बन्न सक्ने सन्देश Asia Global Excellence Awards 2026 ले दिएको छ।

Page Views: 60
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama