Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

- शुभ बिहानी / सोमबार, भदौ ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनको रिहाइको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

यसअघि साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

अदालतले श्रेष्ठविरुद्ध परेको जाहेरीसहित अनुसन्धानको फाइल तथा उनको घर र कार्यालयबाट बरामद गरिएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत इजलाससमक्ष पेस गर्न आदेश दिएको थियो।

एकल इजलासले विपक्षीलाई निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने आधार र कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नसमेत भनेको थियो।

आजको संयुक्त इजलासमा हुने सुनुवाइपछि श्रेष्ठको हिरासतसम्बन्धी विषयमा अदालतले दिने आदेशलाई चासोका साथ हेरिएको छ।

Page Views: 5
संबन्धित शिर्षकहरु
पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने
ताजा अपडेट
  • किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
  • पहिरो हटेपछि पृथ्वी राजमार्गमा आवागमन सामान्य
  • थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
  • आजदेखि ग्यासको बिक्री-वितरण नियमित गरिने
  • कुन फलफूल तथा तरकारीकाे थोक मूल्य कति
  • जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न
  • आजकाे राशिफल कस्ताे छ ?
  • पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्व

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama