Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह

- शुभ बिहानी / बिहिबार, भदौ १८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित छ्योतेन टासी तामाङ गुम्बाले नवराज तामाङ (निमा लामा) हराएको विषयलाई लिएर संघीय संसदमा सांसद राजेन्द्र राईले दिएको अभिव्यक्तिप्रति गम्भीर आपति जनाएको छ।

गुम्बाका अध्यक्ष हरि बहादुर लामा, महासचिव हिरा बहादुर लामा र पञ्चवीर तामाङ (साङ्गे लामा)ले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमार्फत सांसद राईको अभिव्यक्तिले गुम्बा तथा समग्र बौद्ध धर्म र बौद्ध समुदायप्रति गलत धारणा सिर्जना हुन सक्ने भन्दै आपति जनाइएको हो।

गुम्बाका अनुसार नवराज तामाङ करिब ६ महिनादेखि गुम्बामा लामा अध्ययनका लागि बस्दै आएका थिए। उनी २०८३ साल असार २३ गते दिउँसो करिब ४ बजे ‘बौद्धमा जाने’ भन्दै गुम्बाबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि परिवार तथा सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्य भइरहेको गुम्बाले जनाएको छ।

गुम्बाले सांसद राईले प्रतिनिधिसभाको बैठकमा बौद्ध गुम्बाहरूमा ‘भोग दिने चलन’ रहेको आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै, कुनै निश्चित घटना वा व्यक्तिसँग जोडिएको विषयलाई आधार बनाएर समग्र बौद्ध धर्म, गुम्बा र धार्मिक परम्परामाथि सामान्यीकरण गर्नु आपत्तिजनक भएको जनाएको छ।

ध्यानाकर्षणपत्रमा बौद्ध धर्मका अहिंसा तथा करुणामा आधारित मान्यतालाई गलत अर्थ लाग्ने गरी अभिव्यक्ति दिइएको भन्दै त्यसले बौद्ध धर्मावलम्बीको भावनामा असर पारेको उल्लेख छ। साथै, यस्तो अभिव्यक्तिले सामुदायिक तथा धार्मिक सद्भावमा समेत असर पार्न सक्ने गुम्बाको भनाइ छ।

गुम्बाले सांसद राईलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन तथा प्रतिनिधिसभामै क्षमायाचना गर्न आग्रह गरेको छ। साथै, नवराज तामाङ हराएको घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

‘धर्ममाथि मिथ्या आरोप गम्भीर विषय’

धार्मिक अभियन्ता टेकराज तामाङले बुद्ध जन्मभूमि नेपालमै बौद्ध धर्म तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा संसदको गरिमामय सदनबाट प्रश्न उठ्ने गरी अभिव्यक्ति आउनु गम्भीर विषय भएको बताएका छन्।

उनले एउटा घटना वा आरोपलाई अनुसन्धान र प्रमाणबिना समग्र बौद्ध समुदायको धार्मिक अभ्याससँग जोडेर प्रस्तुत गर्दा नेपाल तथा विश्वभरका बौद्धमार्गीमा गलत सन्देश जान सक्ने बताए।

“यो केवल बौद्ध समुदायको भावनामा चोट पुर्‍याउने विषय होइन, बुद्ध जन्मभूमिका रूपमा नेपालको धार्मिक पहिचान र गरिमासँग पनि जोडिएको विषय हो,” तामाङले भने।

उनका अनुसार संसदजस्तो जिम्मेवार स्थानमा व्यक्त गरिने अभिव्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव पार्ने भएकाले धार्मिक तथा सांस्कृतिक विषयमा तथ्य र प्रमाणका आधारमा मात्रै धारणा राखिनुपर्छ।

यसैबीच, गुम्बाले सांसद राईले उल्लेख गरेको ‘भोग दिने चलन’ कुन गुम्बा, कुन धार्मिक परम्परा र कुन प्रमाणमा आधारित हो भन्ने स्पष्ट पार्नसमेत माग गरेको छ।

यदि कुनै गुम्बामा गैरकानुनी वा आपत्तिजनक गतिविधि भएको प्रमाण भेटिए निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्ने, तर एउटा घटनालाई आधार बनाएर समग्र बौद्ध धर्म र समुदायमाथि प्रश्न उठाउने अवस्था सिर्जना गर्न नहुने गुम्बाको भनाइ छ।

छ्योतेन टासी तामाङ गुम्बाले धार्मिक सद्भाव कायम राख्दै नवराज तामाङ हराएको घटनाको सत्यतथ्य छानबिन गर्न र सांसद राईको अभिव्यक्तिबाट उत्पन्न भ्रम अन्त्य गर्न सम्बन्धित सबै पक्षसँग आवश्यक पहल गर्न आग्रह गरेको छ।

Page Views: 7
संबन्धित शिर्षकहरु
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama