भदाै १० गतेकाे विनाशकारी बाढीमा परि माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् ।
सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए ।
अहिले दुवैको अवस्था सामान्य रहेको बताइएकाे छ । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने १ हजार २ सय बढीको शव फेला परेको र ४ हजार २ सय बढी बेपत्ता रहेका छन् ।