Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध

- शुभ बिहानी / आइतबार, भदौ २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला बाजुराकाे सदरमुकाम जोड्ने साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । गए राति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडी मालिका नगरपालिका-९, स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बडी मालिका नगरपालिका-८, को राप्का र वडा नं ६ को जडांगालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् ।

पहिराेले सडक अवरुद्ध भएको जानकारी प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको बताइएकाे छ ।

प्रहरी टोलीले बडी मालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले पनि लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको र पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडक खण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरू बाटोमा नै रोकिएकाे प्रहरीले जनाएको छ ।

Page Views: 3
संबन्धित शिर्षकहरु
सुनचाँदीकाे मूल्य घट्याे
विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
गाेरखामा बाढीले चार घर र एक पुल बगायाे
ताजा अपडेट
  • सुनचाँदीकाे मूल्य घट्याे
  • पहिराेका कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
  • विनासकारी बाढीमा परेका १ हजार ३३१ जनाको शव फेला
  • गाेरखामा बाढीले चार घर र एक पुल बगायाे
  • आज कतिमा हुँदैछ फलफूल तथा तरकारीकाे बिक्री
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama