यहि भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ ।
मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । जसअनुसार मुलुक भरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी हाललेसम्म १ हजार ३४२ जनाको मृत्यु भएकाे छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् ।
उक्त विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् । बाढी पछि खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् भने बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएकाे छ ।