गएराति गएकाे पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । राति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको हाे ।
पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको धादिङ प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको भएपनि पहिरो निरन्तर झरी रहेकाले अवरुद्ध सडक खुलाउन समय लाग्ने प्रहरीले बताएकाे छ ।
भाेटेकाेशीमा आएकाे बाढीका कारण कृष्णभिरकाे सडक भासिएपछि पृथ्वीराजमार्ग बन्द छ भने पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् ।
जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको चाप बढेकाे छ ।