आगमी असोज ६ गते प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका भ्रमणमा जाने भएका छन् । आज बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहकाे भ्रमण स्वीकृत गरेको हाे ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन जाने प्रधानमन्त्रीको भ्रमण स्विकृत गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुने बताएका हुन् ।
यसअघि परराष्ट्र मन्त्री जाने तय भए पनि रसुवामा आएको भीषण बाढीपछि जलवायु न्यायको कुरा उठाउन प्रधानमन्त्री आफैं महासभामा सहभागी हुन लागेका हुन् ।